बुटवलमा एन्डोस्कोपिक कान शल्यक्रियाको अगुवा डा. सुमन पौडेल ।
एन्डोस्कोपिक कान शल्यक्रियामा ८ वर्ष भन्दा बढीको अनुभव संगै र एन्डोस्कोपिक कान शल्यक्रियामा अन्तर्राष्ट्रिय कार्य समूह (International Working Group on Endoscopic Ear Surgery ) को सक्रिय सदस्य नाक, कान घाटीरोगका बिशेषज्ञ डा. सुमन पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा नविनतम् एन्डोस्कोपिक कान शल्यक्रिया नियमित रूपमा सुरू गरिएको र प्रदेश ५ र यस आसपासका क्षेत्रका कान सम्बन्धी रोगीहरूका लागि एक महत्वपूर्ण उपलब्धि भएको जानकारी दिनुभयो।
डा. सुमन पौडेल पूर्ण मान्यता प्राप्त कान, नाक, घाँटी / टाउको र घाँटी शल्य चिकित्सक हुन्। उनले भारतको चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिट्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्चबाट आफ्नो योग्यता हासिल गरेका हुन्। उनी २०१७ देखि नेपालका कान, नाक, घाँटी विशेषज्ञहरूको समाज (Society of Otolaryngologists of Nepal) संग आबद्ध छन् । भारतकोनै प्रतिश्ठित पोस्ट ग्राजुएट इन्स्टिट्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्चबाट (PGIMER, Chandigarh) छात्रवृत्ति पश्चात डा. पौडेलले ५ बर्ष भन्दा बढी चितवन मेडिकल कलेजमा नाक, कान, घाटीका बिरामीहरूको सेवा संगसंगै कलेजका विद्यार्थीहरूलाई नाक, कान, घाटी सम्बन्धी शिक्षा र तालिम दिनुभयो।
डा. पौडेल नाक, कान, घाटी रोगको उपचार विश्व स्तरको प्रविधि भित्र्याएर बिरामीलाई उत्तम नतिजा दिनुपर्छ भन्ने कुरालाई जोड दिनुहुन्छ ।
डा. पौडेलसंग अहिलेसम्म ७०० भन्दा धेरै कानका बिरामीहरूले एन्डोस्कोपिक प्रविधिबाट शल्यक्रिया गराएर सेवा लिईसक्नुभएको छ । डा. पौडेलले कानको जालीमा प्वाल परेको (TYMPANOPLASTY), सुनाईको हड्डी रोगले खाएको (OSSICULOPLASTY), सुनाईको हड्डी जाम भएको (STAPES SURGERY), कानको पर्दा पछाडी पानी जम्मा भएको (OME) , लामो समय देखिको कान पाक्ने र हड्डी गलाउने रोग ( CHOLESTEATOMA) , कानका मध्य भागका ट्यूमर (GLOMUS TUMOR) लगायत अरू रोगको पनि एन्डोस्कोपिक प्रविधिबाट उपचार गररिराख्नुभएको र उपचार सम्भव र सफल रहेको जानकारी दिनुभयो ।
एन्डोस्कोपिक कान शल्यक्रियाका फाइदाहरू परम्परागत शल्यक्रियाको तुलनामा सानो चिरा पर्ने, कानभित्र स्पस्ट देखिने , कम पीडा र रक्तस्राव , चाँडो निको हुने प्रक्रिया , कम जोखिम र बालबालिकाको लागि उपयुक्त रहेको जानकारी डा. पौडेलले दिनुभयो ।
डा. पौडेल एन्डोस्कोपिक कान शल्यक्रियाको विश्व संगठन International Working Group on Endoscopic Ear Surgery (IWGEES) को नेपालको प्रदेश ५ मा एन्डोस्कोपिक कान शल्यक्रियामा सक्रिय योगदान गर्ने एक्ला प्रतिनिधी हुनुहुन्छ ।
यस प्रविधिले रोग निदान र उपचारलाई सहज, छरितो र कम कष्टकर बनाएको छ। परम्परागत शल्यक्रियाको तुलनामा, एन्डोस्कोपिक कान शल्यक्रिया कम समय, कम जोखिम र चाँडो निको हुने सुविधा प्रदान गर्दछ। डा. पौडेल भन्नुहुन्छ यसले ग्रामीण तथा दुर्गम क्षेत्रका जनताका लागि अत्यन्तै लाभदायक सावित भएको छ, जहाँ आधुनिक स्वास्थ्य सेवा पहुँच सीमित छ र यो सेवा कान सम्बन्धी समस्याबाट पीडित व्यक्तिहरूको जीवनस्तर सुधार गर्न ठूलो भूमिका खेल्ने छ।

Leave a Reply